Thaha

Sunday 22 September - 9:21 am NST

नवनिर्वाचित प्रधानमन्त्री ओलीद्वारा शपथ ग्रहण, गच्छदार र थापा उपप्रधानमन्त्री  एमाओवादीबाट हरिबोल गजुरेल मन्त्री, एमालेबाट पाण्डे, खरेल र मण्डल


काठमाण्डौ, २५ असोज । नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।  राष्ट्रपति भवन शीतल निवासमा सोमवार विशेष समारोहकाबीच राष्ट्रपति डाक्टर रामवरण यादवले नवनिर्वाचित प्रधानमन्त्री ओलीलाई शपथ गराउनुभयो । प्रधानमन्त्री ओलीसंगै आजै २ उपप्रधानसहित आठ जना मन्त्रीले शपथ लिएका छन् ।

मधेसी जनअधिकार फोरमका अध्यक्ष विजय कुमार गच्छदार र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले पनि उपप्रधानमन्त्रीको शपथ लिनुभयो । त्यस्तै एमालेका तर्फबाट अग्नि खरेल, सोमप्रसाद पाण्डे, सत्यनारायण मण्डल, एकीकृत नेकपा माओवादीबाट हरिबोल गजुरेल र राप्रपा नेपालबाट रामकुमार सुब्बाले मन्त्री पदको शपथ लिनुभएको छ ।

अहिले राष्ट्रपति कार्यलयमा आयोजित शपथ समारोहमा प्रधानमन्त्री, उपप्रधानमन्त्री र मनत्रीहरुलाई बधाइ दिने क्रम चलिरहेको छ । शपथ ग्रहण समारोहमा पुर्वप्रधानमन्त्री, कुटनीतिक निकायका प्रमुख, सरकारी उच्च पदस्थ अधिकारी सहभागी छन् । शपथ ग्रहण समारोह लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले आजै सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर पदभार ग्रहण गर्नुहुनेछ । अध्यक्ष ओली हिजो व्यवस्थापिका संसदमा भएको निर्वाचनबाट मुलुकको ३८ औं प्रधानमन्त्री बन्नु भएको हो ।